मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

...त्यसपछि राजीनामा दिन बाध्य भए शर्मा, जसको कार्यकाल वर्षभरि 'काण्डै काण्ड'मा बित्यो

pahilopost.com · Thu Jul 07 00:44:56 GMT 2022

काठमाडौं : जनार्दन शर्मा तिनै नेता हुन जो माओवादी जनयुद्धका बेला कुशल कमान्डर 'प्रभाकर' थिए। शान्ति प्रक्रियामा आएपछि पनि उनको गुरिल्ला शैली बेलाबेला देख्न पाइन्थ्यो नै। माओवादी प्रतिपक्षीको भूमिकामा संसदमा हुँदा होस् या सरकारी पार्टीको रूपमा।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध छल्न शर्मा माहिर नै थिए। किनभने एमालेको चर्को नाराबाजी र घेराउलाई तोड्न दौडिएरै बजेट पास गरेका थिए शर्माले अघिल्लो वर्ष। यसपटक पनि उनले एमालेका हरेक अवरोध छले नै। तर, आफ्नै विवादित गतिविधिका कारण धरापमा परेपछि भने शर्मा मन्त्रीमा टिकिरहने अवस्था रहेन। गुरिल्ला शैलीमा एमालेको अवरोध छल्न कुशल शर्मालाई पछिल्लो प्रकरणले राजीनामासम्मै पुर्‍यायो। अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँध थापिरहन सकेनन्। बढ्दो दबाबका अगाडि सत्ताको शक्ति शर्माको पक्षमा रहेन। आफ्नै विवादित क्रियाकलाप महंगो पर्‍यो शर्माको हकमा।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)