मकवानपुरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते, चारको अवस्था गम्भीर
baahrakhari.com · Sat Jun 06 11:00:00 GMT 2026

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, धारा ढोला (खोल्सा)मा सुमो र बोलेरो जीप ठोक्किँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
शनिबार (जेठ २३) कुलेखानी–दक्षिणकाली सडकखण्डमा ना१ज ७२०७ नम्बरको सुमो र बीएए ९७६८ नम्बरको बोलेरो एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी बोलेरोका चालकसहित दुवै सवारीसाधनमा सवार १४ जना घाइते भएका प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ