मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी प्रदर्शनमा क्षतिग्रस्त सरकारी संरचना पुनःनिर्माणका लागि आर्थिक संकलन अभियान

ekantipur.com · Wed Dec 03 18:15:10 GMT 2025

गोरखा — जेनजी प्रदर्शनका क्रममा ध्वस्त भएका सरकारी संरचना पुनःनिर्माणका लागि जिल्लाका नागरिक संस्थाहरूले १ लाख २१ हजार ५ सय ५५ रुपैयाँ संकलन गरेका छन् । उक्त रकम बुधबार भौतिक पूर्वाधार पुनःनिर्माण कोषको खातामा जम्मा गरेर जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइएको अभियानका संयोजक तथा गैरसरकारी संस्था महासंघका अध्यक्ष हरि देवकोटाले बताए ।

जिल्लाका ४ सय ४३ घर पसल तथा व्यक्तिबाट उक्त रकम संकलन भएको हो । ‘रकम दिनेहरूको नामावलीसहितको विवरण प्रशासनलाई पनि बुझाएका छौं,’ अभियानका संयोजक देवकोटाले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)