वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
kendrabindu.com · Fri Sep 18 05:50:24 GMT 2026

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारीका ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पाँचौँपटक जिब्रो छेड्ने भएका छन्। लोपोन्मुख अवस्थामा पुगेको जात्रा तथा परम्परालाई निरन्तरता दिन उनले आगामी असोज १० गते शनिबार येँया पुन्हिःका दिन जिब्रो छेड्ने भएका हुन्।
यसअघि जात्रा नियमित रूपमा सञ्चालन हुन नसके पनि विसं २०७४ मा वीरेन्द्रभक्तकै अगुवाइमा पुनः सुरु भएको थियो। त्यसयता उनले २०७९, २०८१ र २०८२ मा जिब्रो छेडेका थिए। यस वर्ष पनि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)