गोहीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
shilapatra.com · Tue Jun 02 11:16:00 GMT 2026

चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखालकाे गोहीको आक्रमणबाट मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार आज घाँस काट्न निस्किएका चोखालको गोहीको आक्रमणमा परी मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)