भारतमा आईफोन १८ को बिक्री सुरू,एप्पल स्टोहरूमा खरिद गर्नेको भीड
annapurnapost.com · Fri Sep 18 05:47:33 GMT 2026

काठमाडौं : एप्पलको आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सको आधिकारिक बिक्री आजदेखि भारतमा सुरू भएको छ। नयाँ फोन किन्न ग्राहकहरू रातिदेखि नै दिल्ली,नोएडा, मुम्बई र बेंगलुरु जस्ता शहरमा मोबाइल स्टोरहरू बाहिर जम्मा हुन थालेका छन्।
नोएडाको डीएलएफ मल अफ इन्डियामा रहेको आधिकारिक एप्पल स्टोर बाहिर गए रातिदेखि नै मानिसहरूको लामो लाइन देखिएको थियो। नयाँ आईफोन किन्ने पहिलो व्यक्ति हुने दौडमा, मानिसहरू बिहीबार राति २ बजेदेखि नै मल र पसलहरू बाहिर लाइन लाग्न थालेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)