मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाघ आक्रमणको डरले प्राविधिक टोली फर्कियो

ekantipur.com · Wed Dec 03 18:25:11 GMT 2025

पर्सा — पर्सागढी नगरपालिकामा सबैया साझेदारी वन क्षेत्रमा रहेको बाघको निगरानी गर्न क्यामेरा जडान गर्न गएको टोली बुधबार बाघको आक्रमणको डरले क्यामेरा जडान नै नगरी फर्किएको छ । डिभिजन वन कार्यालय पर्साको आग्रहमा राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन कार्यालयबाट यहाँ आइपुगेको क्यामेरासहितको टोली वन कर्मचारी र स्थानीयसहित बाघ देखिएको क्षेत्रम क्यामेरा जडान गर्न जाँदा बाघ ठूलो आवाजसहित कराएपछि टोली क्यामेरा जडान नगरी फर्केको हो ।

डिभिजन वन कार्यालय प्रमुख मन्जुर अहमदले २०/२५ जनाको टोली एकैसाथ त्यहाँ पुग्दा ठूलो स्वरमा बाघ कराएपछि बाघको आक्रमणमा परिने डरले टोली फर्केको बताए । ‘यसरी बाघको उपस्थितिकै बीच क्यामेरा जडान गर्न जाँदा ज्यानकै जोखिम हुन सक्ने देखेर टोली फर्केको हो,’ अहमदले भने, ‘अब कोषको सोही टोली बाघलाई घाइते गर्ने डार्टसहितको उपकरण लिएर आउनेछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)