ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
ratopati.com · Fri Jul 17 16:36:57 GMT 2026

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ आफैँ होटलमा छापा मार्न पुगेका छन्। असार ३० मा मिटरब्याज पीडितलाई भेट्न बाराको सिमरा पुगेका गुरुङ काठमाडौँ फर्किने क्रममा पर्साको ठोरी स्थित होटलमा पुगेर छापा मारेका हुन्।
बिहीबार साँझ ठोरी बजारमा रहेको ठोरी दोहोरी साँझ र रिसोर्ट ठोरी क्याम्प फायर होटलमा आफ्नो टिम सहित पुगेका गुरुङले त्यसपछि प्रहरीलाई खबर गरेका थिए । गृहमन्त्री होटलमा छापा मार्न गएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली ठोरी पुगेको थियो । पर्साबाट ठोरी बजार ४५ किलोमिटर पश्चिम पर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)