१९ लाख बढीको अवैध फर्सीको बीउ बरामद
nagariknews.nagariknetwork.com · Tue Jun 02 11:23:48 GMT 2026

सिरहा प्रहरीले अवैध रूपमा भारततर्फ निकासी गर्न राखिएको ठुलो परिमाणको फर्सीको बीउ बरामद गरेको छ। सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर २ बस्ने हरिदेव दासको घरबाट करिब १९ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको फर्सीको बीउ बरामद गरिएको हो।
नेपालबाट भारततर्फ अवैध रूपमा बीउ निकासी हुन लागेको जिल्ला प्रहरी कार्यालय सिरहामा सूचना प्राप्त भएसगैं प्रहरीले दासको घरमा खानतलासी गरेको थियो। ७० बोरा फर्सीको बियाँ लुकाएर राखेको अवस्थामा प्रहरीले फेला परेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)