ज्यानमुद्दाका फरार आरोपीलाई अदालतभित्रै भेटेपछि पीडितले प्रहरीकै अगाडि घिसारे
nepalpress.com · Fri Sep 18 06:10:46 GMT 2026

जनकपुरधाम । सप्तरी जिल्ला अदालत परिसरमा प्रौढ उमेरका व्यक्तिलाई एक युवकले भुईँमा घिसारिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरैले घिसारिनेप्रति सहानुभूति देखाउँदै घिसार्ने युवकलाई नकारात्मक टिप्पणी गरिरहेका छन् । तर यो घटनाको पृष्ठभूमि भने मानिसहरूले सोचेजस्तो छैन ।
भिडियो हेर्दा अदालतमा काम लिएर आएका व्यक्तिमाथि प्रहरीकै अगाडि गुण्डागर्दी गरेको देखिन्छ । ती व्यक्तिलाई अदालतको गेट हुँदै घिसारेर बाहिर लगेपछि मात्रै प्रहरीले हस्तक्षेप गरेका थिए । घटनाबारे बुझ्दै जाँदा भिडियोमा घिसारिँदै गरेका रामपुकार यादव सामान्य व्यक्ति नभई गम्भीर प्रकृतिको ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका प्रतिवादी भएको खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)