इनड्राइभको ‘रेट मिलाऔं, म:म खाऔं’ क्याम्पेन
ictsamachar.com

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाडौंका विभिन्न प्रमुख स्थानहरूमा ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंको दैनिक जीवनमा प्रचलित मोलमोलाइ (बार्गेनिङ) चलनबाट प्रेरित यस अन्तरक्रियात्मक क्याम्पेनमार्फत सयौं सहभागीलाई आकर्षित गरिएको थियो ।
यस क्याम्पेनमार्फत काठमाडौंका शहरी युवामाझ इनड्राइभको प्रमुख विशेषता, यात्रुले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने सुविधाबारे, जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो । इनड्राइभको प्लेटफर्ममा चालकहरूले यात्रुद्वारा प्रस्तावित भाडालाई स्वीकार, अस्वीकार वा प्रतिप्रस्ताव गर्न सक्ने विशेष व्यवस्था रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)