आईसीसी ट्वान्टी–२० विश्वकपमा नयाँ टोली विजेता बन्ने पक्का
baahrakhari.com · Thu Nov 11 18:22:00 GMT 2021
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नयाँ टोली विजेता बन्ने पक्का भएको छ । बिहीबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अष्ट्रेलियाले पाकिस्तानलाई पाँच विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेसँगै ट्वान्टी–२० विश्वकपमा नयाँ टोली विजेता बन्ने भएको हो ।
अष्ट्रेलियाले अब आइतबार उपाधिका लागि न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानलाई हराउँदै अष्ट्रेलियाले दोस्रोपटक फाइनलमा स्थान बनाए पनि अहिलेसम्म ट्वान्टी–२० विश्वकपको उपाधि उचाल्न सकेको छैन । न्युजिल्यान्ड त अझ पहिलोपटक फाइनलमा स्थान बनाउन सफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)