काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन
nepalsamaya.com · Fri Sep 18 06:17:00 GMT 2026

काठमाडौं- नेपाल एल.पि. ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दर (प्रतिसिलिन्डर २,०६० रुपैयाँ) मा बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ। पृथ्वी राजमार्गमा वैकल्पिक ट्रयाक खुलेर ग्यास बुलेटहरू सिधै काठमाडौं आउन थालेपछि संघले ढुवानी भाडाबापत थपिएको रकम हटाउँदै पूर्ववत मूल्य कायम गरेको हो।
गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको भीषण बाढीले पृथ्वी राजमार्ग कटान गरेपछि सडक अवरुद्ध भएको थियो। सडक अवरोधका कारण उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषाका प्लान्टहरूबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत उपत्यकामा ग्यास ल्याइरहेका थिए। लामो र वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी खर्च बढेपछि संघले भदौ १८ गते विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २,०६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा थप गरी अधिकतम २,१६५ रुपैयाँ ३८ पैसामा बिक्री गर्न अनुरोध गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)