मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाटै समाधान गर्नुपर्छ : भारतीय विदेश मन्त्रालय

gorkhapatraonline.com · Tue Jun 02 11:41:12 GMT 2026

भारतको विदेश मन्त्रालयले नेपाल र भारतबिचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा दुई देशबिचको सीमाङ्कनको कार्य करिब ९८ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिँदै यस्तो बताउनुभएको हो । प्रवक्ता जयसवालले गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमाङ्कनका विषय सुल्झिन बाँकी रहेको बताउनुभयो । उहाँले सीमाङ्कन भइसकेका क्षेत्रहरूमा पनि सीमा वारपारको कब्जा र दशगजा अतिक्रमणका केही घटनाहरू देखिएकाले त्यसको संयुक्त रूपमा नक्साङ्कन भइरहेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)