ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
ratopati.com · Fri Sep 18 06:20:49 GMT 2026

सियाेल । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पष्ट रूपमा उत्तर कोरियासँग वार्ता गर्न चाहेकाे बताउँदै प्योङयाङ र वासिङ्टनबिच संवाद गराउन सियोलले सहजीकरणको प्रयास जारी राख्ने बताएका छन् ।
राष्ट्रपति लीले शुक्रबार ट्रम्प उत्तर कोरियाली नेता किम जोङ–उनसँग संवाद गर्न इच्छुक रहेको स्पष्ट देखिएको बताए । उनले आफूले पनि राष्ट्रपति ट्रम्पलाई वार्तामा सहभागी हुन आग्रह गरिरहेको जानकारी दिए । ट्रम्पले यस वर्षको अन्त्यसम्म किमसँग भेट गर्ने योजना रहेको बताउँदै पहिलो कार्यकालमा स्थापित सम्बन्धलाई पुनः सक्रिय बनाउन खोजिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)