अस्ट्रेलिया सरकारले आप्रवासन घटाउन भिसा नियममा व्यापक परिवर्तन गर्ने
rajdhanidaily.com · Fri Sep 18 06:29:11 GMT 2026

सिड्नी । अस्ट्रेलिया सरकारले आप्रवासीको संख्या घटाउने उद्देश्यले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारका सदस्यलाई दिइने भिसामा कडाइ गर्ने भएको छ । गृहमन्त्री टोनी बर्कले बिहीवार नेशनल प्रेस क्लबमा सम्बोधन गर्दै नयाँ आप्रवासन नियमहरू घोषणा गरेका हुन् ।
सरकारले चालु आर्थिक वर्षमा शुद्ध वैदेशिक आप्रवासनलाई २ लाख ४५ हजारमा सीमित गर्ने र सन् २०२७–२८ सम्ममा यसलाई २ लाख २५ हजारमा झार्ने लक्ष्य राखेको उनले बताए । यो घोषणा अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सको नयाँ तथ्यांक सार्वजनिक भएकै दिन भएको हो । तथ्यांकअनुसार मार्चसम्मको एक वर्षमा शुद्ध वैदेशिक आप्रवासनले अस्ट्रेलियाको जनसंख्यामा २ लाख ९२ हजार १०० जना थपेको छ । अघिल्लो १२ महिनामा यो संख्या ३ लाख ९ हजार ५०० थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)