मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अस्ट्रेलियाको नयाँ आप्रवासन नीतिविरुद्ध विद्यार्थी आन्दोलित

annapurnapost.com · Fri Sep 18 06:18:32 GMT 2026

सिड्नी: अस्ट्रेलियामा 'वन नेसन' पार्टीले प्रस्ताव गरेको कडा आप्रवासन नीतिको विरोधमा सिड्नी, क्यानबेरा, मेलबर्न लगायतका प्रमुख सहरहरूमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। पोलिन ह्यान्सन नेतृत्वको वन नेसन पार्टीले आगामी तीन वर्षभित्र देशमा अस्थायी आप्रवासीको सङ्ख्या ७ लाख ५० हजारले घटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थीहरू सडकमा उत्रिएका हुन्।

नेसनल युनियन अफ स्टुडेन्ट्स र अन्य विद्यार्थी सङ्गठनहरूको आह्वानमा बिहीबार सिड्नीको मध्य व्यावसायिक क्षेत्र (सीबीडी), क्यानबेराको गारेमा प्लेस तथा मेलबर्न, ब्रिसबेन, एडिलेड, डार्विन र होबार्टमा विरोध र्‍याली दिउँसो १ बजेदेखि ३ बजेसम्म आयोजना गरिएको थियो। मतदानको अधिकार नपुगेका किशोर-किशोरीहरूले समेत आफ्नो भविष्य र सुरक्षाको माग गर्दै प्रदर्शनमा सहभागिता जनाएका छन्। सिड्नीमा आयोजित प्रदर्शनमा मात्रै एक हजारभन्दा बढी मानिसको सहभागिता रहेको थियो। अगस्ट १३ मा भएको पहिलो चरणको आन्दोलनपछि सेप्टेम्बर १७ मा दोस्रो चरणको प्रदर्शन गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)