रुसी निर्वाचनका लागि मतदान सुरु
gorkhapatraonline.com · Fri Sep 18 06:32:07 GMT 2026

रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै सुरू भएको छ । युक्रेनसँगको युद्धको पाँचौ वर्षमा यो चुनाव भइरहेको छ । सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमा सेना पठाएपछि भइरहेको यो रुसको पहिलो संसदीय चुनाव हो ।
निर्वाचन पूर्ण नियन्त्रित भएको अवस्थामा राष्ट्रपति भ्लादिमिर पुटिनको दलको विजय लगभग निश्चित देखिएको बताइएको छ । यस द्वन्द्वमा सयौं हजार मानिसको मृत्यु भएको छ । पुटिन र क्रेमलिनको लामो सैन्य अभियानलाई समर्थन गर्ने दल मात्र दर्ता भएका छन् । मस्कोले कब्जा गरेको युक्रेनमा पनि मतदान आयोजना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)