महोत्तरीका दुई गाउँका ११ घरमा चोरी, अनुसन्धान जारी
gorkhapatraonline.com · Fri Sep 18 06:38:51 GMT 2026

महोत्तरीका दुई गाउँका ११ घरमा चोरी भएको छ। जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरीका पाँच घर तथा जलेश्वर नगरपालिका–६ बासोपट्टीका छ घरमा गएराति चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी निरीक्षक विश्वम्भरप्रसाद साहका अनुसार एकडारा गाउँपालिका–४ हलखोरीका पञ्चु यादव, राजकुमार यादव, श्रीप्रसाद यादव, सुरेन्द्र राय र बेचन यादवको घरमा चोरी भएको हो। त्यस्तै, जलेश्वर नगरपालिका–६ बासोपट्टीमा एउटै परिवारका दाजुभाइका छ घरमा चोरी भएको उहाँले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)