कांग्रेस महाधिवेशन : चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते
khabarhub.com · Fri Sep 18 06:38:39 GMT 2026

भरतपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते हुने भएको छ । जिल्लाका ९८ वटै वडामा हुने अधिवेशनमा २७ हजार ५ सय क्रियाशील सदस्य सहभागी हुने कांग्रेस चितवनले जनाएको छ ।
केन्द्रीय कार्य तालिकाअनुसार नै चितवनमा महाधिवेशनअन्तर्गतका कार्यक्रम अघि बढाइएको हो। अधिवेशनको तयारीबारे कांग्रेस चितवनले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)