तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक
ratopati.com · Fri Sep 18 06:40:49 GMT 2026

लमजुङ । पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गराएर ढुङ्गा तथा पहिरो हटाएसँगै आज बिहानदेखि सडक सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए ।
उनका अनुसार खोत्रेमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेका थिए । तीमध्ये एउटा ढुङ्गा निकै ठूलो थियो । सडक अवरुद्ध भएपछि उक्त ढुङ्गा हटाउन बिहीबार पनि बम विस्फोट गराइएको थियो । पहिलो पटकको विस्फोटबाट ढुङ्गा पूर्ण रूपमा नफुटेपछि आज पुनः विस्फोट गराई ढुङ्गा फुटाएर पहिरो पन्छाइएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)