समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
nepallive.com · Fri Sep 18 06:44:34 GMT 2026

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका ८, तुलसी बहुमुखीका ९ र आइडियल यमुना सहकारीका ९ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम पीडित बचतकर्तालाई फिर्ता गरिरहेको हो। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई बचतरकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)