सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा
kendrabindu.com · Fri Sep 18 06:48:36 GMT 2026

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्तापूँजी १४ अर्ब ७९ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। असोज १ गते, बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)