चीनको ताक्लाकोटमा नेपाल-चीन सीमा सुरक्षा बैठक
nepalpress.com · Fri Sep 18 06:49:17 GMT 2026

बझाङ । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल र चीनका सीमावर्ती अधिकारीहरूबीच सीमा सुरक्षा बैठक सम्पन्न भएको छ। सेप्टेम्बर १४ देखि १७ तारिखसम्म सञ्चालन भएको उक्त बैठकमा सीमा अपराध नियन्त्रण, व्यापार सहजीकरण तथा कैलाश मानसरोवर यात्रालाई सहज बनाउनेलगायतका विषयमा गहन छलफल भएको छ।
पुलान काउन्टीको स्थानीय प्रशासनले आयोजना गरेको बैठकमा नेपालका तर्फबाट बझाङ र हुम्ला जिल्लाका सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरू सहभागी भएका थिए। दार्चुलाबाट बाटो अवरुद्ध भएका कारण त्यहाँबाट भने एक जना मात्र प्रतिनिधि सहभागी हुन सकेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)