सिद्धार्थ बैंकले बनाइदियो भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको भवन
nagariknews.nagariknetwork.com · Tue Jun 02 11:57:01 GMT 2026

सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमा नवनिर्मित कर्णाली प्रदेश, रुकुम पश्चिम जिल्ला, सानीभेरी गाउँपालिका वडा नं. १, भण्डारवनस्थित जनप्रिय आधारभूत विद्यालयकोे भवन (सुलभ पहुँचयुक्त शौचालय सहित) समुद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
वि.सं. २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको भवनको पुनर्निर्माण कार्य सम्पन्न गरी बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भवनको समुद्घाटन गरी विद्यालयका प्रधानाध्यापक हसबहादुर खड्कालाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)