तीन दिनपछि खुल्यो बेँसीसहर-चामे सडक
gorkhapatraonline.com · Fri Sep 18 06:51:21 GMT 2026

पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर-चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ । यस सडक अन्तर्गत मनाङको नासोँ गाउँपालिका-३ खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गराएर ढुङ्गा तथा पहिरो हटाएसँगै आज बिहानदेखि सडक सञ्चालनमा आएको डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोत्रेमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेका थिए । तीमध्ये एउटा ढुङ्गा निकै ठूलो थियो । सडक अवरुद्ध भएपछि उक्त ढुङ्गा हटाउन बिहीबार पनि बम विस्फोट गराइएको थियो । पहिलो पटकको विस्फोटबाट ढुङ्गा पूर्णरूपमा नफुटेपछि आज पुनः विस्फोट गराई ढुङ्गा फुटाएर पहिरो पन्छाइएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)