प्रदेशले नाम पाइसक्दा पनि कोशीका सांसदहरू अझै ‘बेनामे’
lokaantar.com

गत जेठ २२ गतेदेखि २४ गतेसम्म कैलालीको टीकापुरमा प्रतिनिधिसभा, राष्ट्रियसभा र सातै प्रदेशका सभामुख तथा उपसभामुखहरूको (अध्यक्ष/उपाध्यक्ष) राष्ट्रिय भेला आयोजना गरिएको थियो । सोही भेलामा सहभागी हुन कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट र उपसभामुख सिर्जना दनुवार पनि टीकापुर पुगेका थिए ।
संघीय र प्रादेशिक संसद्का प्रमुख तथा उपप्रमुखको जमघट रहेको उक्त उच्चस्तरीय भेलाका क्रममा प्रतिनिधिसभाका सभामुख डीपी (डोलप्रसाद) अर्यालले कोशी प्रदेशका सभामुख र उपसभामुखलाई लक्षित गर्दै, ‘तपाईंहरूको कुन-कुन प्रदेशको हो ?’ भनी जिज्ञासा राखेका थिए । त्यसको उत्तरमा दुवै जनाले आफूहरू कोशी प्रदेशको भएको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)