ज्योति विकास बैंकद्वारा स्वरोजगार प्रवर्द्धनका लागि सिलाई मेसिन प्रदान
nagariknews.nagariknetwork.com · Tue Jun 02 12:15:40 GMT 2026

ज्योति विकास बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० र १२ मा स्वरोजगार प्रवर्द्धनका लागि सिलाइ मेसिन हस्तान्तरण गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत उक्त सिलाइ मेसिन प्रदान गरेको हो।
वीरेन्द्रनगर नगरपालिकाका स्थानीय निकायसँगको सहकार्यमा सम्पन्न उक्त पहलअन्तर्गत सिलाइसम्बन्धी ज्ञान, सिप तथा तालिमप्राप्त लक्षित तथा विपन्न वर्गका व्यक्तिहरूलाई सिलाइ मेसिन प्रदान गरिएको बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)