चार लाख १५ हजार धरौटी बुझाएर छुटे मेयर सिंह
annapurnapost.com · Tue Jun 02 12:11:19 GMT 2026

वीरगञ्ज : प्रहरीले नियन्त्रणमा लिएका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पर्सा जिल्ला अदालतमा चार लाख १५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । नागरिकता लिखत कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले मंगलबार नियन्त्रणमा लिएका मेयर सिंह अदालतको आदेश अनुसार धरौटी रकम बुझाएर मंगलबार नै साँझ रिहा भएका हुन् ।
पर्साको ठोरी गाँउपालिका–२ स्थित ठोरी जंगल रिसोर्टबाट मंगलबार बिहान ६ बजेतिर मेयर सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतमा उपस्थित गराएको थियो । त्यसपछि मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीले मेयर सिंहको बयान लिएका थिए । बयान सकिएपछि उनीविरुद्ध रेग्मीकै इजलासमा थुनछेक बहस भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
दिलभूषण पाठक
राजेशमान सिंह
नेपाल प्रहरी