तीन दिनपछि बेंसीसहर–चामे सडक आंशिक सञ्चालनमा
gorkhapatraonline.com · Fri Sep 18 06:57:49 GMT 2026

पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बेंसीसहर–चामे सडक शुक्रबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। मनाङको नासों गाउँपालिका–३ खोत्रोमा बुधबार खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो।
शुक्रबार बिहानदेखि सडक आंशिक रूपमा सञ्चालनमा ल्याइएको मनाङ प्रहरीले जनाएको छ। माथिल्लो डाँडाबाट ढिस्कोसहित ठुला ढुङ्गा खसेपछि बुधबार बिहानदेखि सडक अवरुद्ध भएको थियो। बुधबार र बिहीबार सडक खुलाउने प्रयास गरिए पनि ठुला ढुङ्गा हटाउन नसक्दा सडक सञ्चालनमा आउन सकेको थिएन। सडक अवरुद्ध भएपछि गन्तव्यतर्फ हिँडेका सवारीसाधन बाटोमै रोकिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)