१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह
khabarhub.com · Fri Sep 18 06:56:13 GMT 2026

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत १५ औँ महाधिवेशन गर्ने स्पष्ट पारेका छन् ।
गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंको शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा नेता सिंहले आठौँ, नवौँ र दसौँ महाधिवेशनको परम्परा जस्तै १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत १५ औँ महाधिवेशन गर्ने स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)