प्रधानाध्यापकको राजीनामापछि साम्य भयो डडेल्धुराको उग्रतारा माविको तनावपूर्ण अवस्था
nepallive.com · Sun Jul 17 17:14:00 GMT 2022
डडेल्धुरा– प्रधानअध्यापकको राजीनामा माग गर्दै स्थानीय प्रदर्शनमा उत्रिएपछि डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरास्थित उग्रतारा माध्यमिक विद्यालयमा उत्पन्न तनावपूर्ण अवस्था साम्य भएको छ। आइतबार बिहानैदेखि विद्यालय परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
विद्यालयमा आइतबार बिहानैदेखि अभिभावकहरू एकाएक भेला भएका थिए। अभिभावकहरु नाराबाजी गर्दै विद्यालयका प्रधानाध्यापकको राजीनामा माग गरिरहेकै बेलामा स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)