हतारमा थिए प्रधानमन्त्री ओली, बूढानीलकण्ठ पुगेछन्
barnanmedia.com · Thu Jan 02 16:23:42 GMT 2025

काठमाडौँ, १८ पुसःप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार अलि हतारमा देखिन्थे। पार्टीका प्रायः बैठक र भेलाहरूमा घन्टौँ भाषण दिने ओलीलाई आज पनि बोल्ने विषयको अभाव थिएन।
बुधबार मात्र एमालेका पूर्वउपाध्यक्ष भीम रावलले उनका विरुद्ध दुई घण्टासम्म लिखित ‘आरोपपत्र’ वाचन गरेका थिए। आजको बैठकमा ओलीले लामै समय लिन सक्ने आकलनका साथ सचिवालयको बैठकमा पदाधिकारीहरू उपस्थित भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)