साउदीलाई ४८ एफ–३५ बेच्ने अमेरिकी निर्णय, चीनको पहुँचबारे गुप्तचर चिन्ता
onlinekhabar.com · Fri Sep 18 06:57:43 GMT 2026

२ असोज, काठमाडौं । अमेरिकाले साउदी अरबलाई ४८ वटा एफ–३५ लडाकु विमान बिक्री गर्ने सम्भावित सम्झौतालाई स्वीकृति दिएको छ। अमेरिकी विदेश मन्त्रालयले स्वीकृत गरेको प्रस्तावित बिक्रीको अनुमानित मूल्य करिब २४.३ अर्ब अमेरिकी डलर छ।
बिक्रीमा एफ–३५ विमानसँगै ४९ वटा प्राट एन्ड ह्विट्नी इन्जिन, सञ्चार उपकरण, स्पेयर पार्ट्स र अन्य सहयोगसमेत समावेश छन्। प्रस्तावित बिक्रीबारे अमेरिकी कंग्रेसलाई औपचारिक जानकारी गराइएको छ। त्यसैले विदेश मन्त्रालयको स्वीकृतिपछि पनि बिक्री प्रक्रिया पूर्ण रूपमा अन्तिम भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)