माथिल्लो त्रिशूली-१ को सुरुङमा ६ शव भेटिए, हिलोभित्र थपको आशंका
kalakarmi.com · Fri Sep 18 07:04:34 GMT 2026

रसुवा- भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ वटा शव निकालिएको छ । भदौ १० गते आएको बाढीपछि आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएका थिए । उनीहरूको खोजीका क्रममा नेपाली सेना, आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ टनेलभित्रबाट शव फेला पारेको हो ।
सेनाका अनुसार टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव फेला परेका थिए । उद्धार टोलीले ग्रिन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी शवलाई बाहिर निकालेको जनाएको छ । टनेलभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति समेत देखिएको सेनाले जनाएको छ। त्यस क्षेत्रमा पनि खोजी कार्य जारी रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)