काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
onlinekhabar.com · Fri Sep 18 07:10:26 GMT 2026

२ असोज, बनेपा (काभ्रेपलाञ्चोक) । काभ्रेमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार गत साउन १ गतेदेखि असोज १ गतेसम्म जिल्लामा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
जनस्वास्थ्य अधिकृत शिशिर पुडासैनीका अनुसार सबैभन्दा बढी बनेपा नगरपालिकामा १३ र पाँचखाल नगरपालिकामा १३ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमित फेला परेका उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)