प्रधानमन्त्री बालेन र जेन्जी सांसदहरूबीच छलफल जारी
annapurnapost.com · Fri Sep 18 07:02:31 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्।
बैठकमा नवीनतम प्रविधि तथा डिजिटल सुशासन,युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा गहन छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)