अर्जुनधारा नगरपालिकाले बनायो ६२ स्थानीय कानुन
barnanmedia.com · Fri Sep 18 07:06:55 GMT 2026

अर्जुनधारा नगरपालिकाले सेवा प्रवाह र कार्यसम्पादनलाई व्यवस्थित गर्न पहिलो स्थानीय तह निर्वाचनपछि नौ वर्षको अवधिमा ६२ वटा स्थानीय कानुन निर्माण गरी लागू गरेको छ ।
नगरपालिकाका अनुसार यस अवधिमा २१ ऐन, सात नियमावली, ३२ कार्यविधि र दुई वटा निर्देशिका निर्माण भएका हुन् । स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेका विभिन्न विषयलाई व्यवस्थित गर्न आवश्यक कानुनी आधार तयार गर्ने उद्देश्यले ती कानुन निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)