जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
reportersnepal.com · Fri Sep 18 07:11:05 GMT 2026

चितवन, २ असोज । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको छ । जिप सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षात्का समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छाउने काम सुरु गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जको ३० किलोमिटर सडकको दायाँबायाँ रहेका झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जमा गस्ती र जिप सफारीको तयारीस्वरुप झाडी पन्छाउने र सडकको अवस्था हेरी स्तरोन्नतिको काम सुरु गरिएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)