वीरगन्ज महानगरका मेयर सिंहलाई रिहा गर्न अदालतको आदेश
barnanmedia.com · Tue Jun 02 12:28:53 GMT 2026

झुटा विवरण पेशगरी अर्काकी छोरीलाई नागरिकता र राहदानी (पासपोर्ट) दिलाएको अभियोगमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लेखत सम्बन्धी कसुर मुद्दामा चार लाख रुपैयाँ तथा झुटा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
राजेशमान सिंह