१८२ जनालाई घरमै राहदानी वितरण
gorkhapatraonline.com · Fri Sep 18 07:19:44 GMT 2026

धनकुटा जिल्लामा एकसय ८२ जना सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयले घरमै आएर राहदानी वितरण गरेको छ । सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार गत जेठदेखि भदौ मसान्तसम्मा घरमै राहदानी पाएका हुन् ।
प्रशासन कार्यालय धनकुटामा घरमै राहदानी पाउनेगरी दुईसय ३४ जनाले फाराम भरेका थिए । जसमध्ये एकसय ८२ जनाले घरमै राहदानी पाइसकेका छन् । अन्य बाँकी रहेका ५२ जनाको राहदानी आउन बाँकी रहेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)