माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो
clickmandu.com · Fri Sep 18 07:17:50 GMT 2026

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका ६ जनाको शव फेला परेको छ ।
बाढीपछि बेपत्ताहरूको खोजीका क्रममा अडिट ३ टनेलभित्र फेला परेका ६ वटा शव आज बाहिर निकालिएको हो । आयोजनाका प्रतिनिधि तथा उद्धार टोलीको संयुक्त प्रयासमा ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी ढलानका लागि बुनिएको डन्डीको जालीभित्र अल्झिएका ती शवहरू निकालिएको नेपाली सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)