प्रधानमन्त्रीलाई आशिकाको आग्रह– सभामुखको अनुहार न्याउरो भइसक्यो, सदनमा आएर जवाफ दिनुहोला
shilapatra.com · Tue Jun 02 12:40:09 GMT 2026

सत्तारुढ रास्वपाकी सांसद आशिका तामाङले विपक्षी दलहरूले उठाएका प्रश्नको सदनमै आएर जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत तामाङले सदनमा आएर विपक्षी सांसदका प्रश्नहरूमा सवालजवाफ गरिदिन आग्रह गरेकी हुन् ।
उनले मेरो गोरुको बाह्रै टक्का नयाँहरूमा पनि भयो भने ७३ जना जेन–जी शहीदको आत्माले के सोच्लान् भनेर पनि प्रश्न गरेकी छन् । विपक्षीको विरोधले सभामुख डीपी अर्यालको अनुहार दिनप्रतिदिन न्यारो देखिएको पनि उनले उल्लेख गरेकी छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३
१८:२५
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
बालेन शाह