आईपीओ निष्कासन गर्ने संस्थाको नेटवर्थ अंकित मूल्यभन्दा कम हुन नहुने, यस्ता छन् प्रस्तावित नयाँ मापदण्ड
clickmandu.com · Fri Sep 18 07:23:26 GMT 2026

काठमाडौं । अबदेखि प्राथमिक सार्वजनिक निष्कासन गर्ने संस्थाको प्रति सेयर नेटवर्थ अंकित मूल्यभन्दा कम नभएको हुनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सर्वसाधारणमा प्राथमिक सेयर तथा अन्य धितोपत्र निष्कासन गर्न चाहने संगठित संस्थाहरूका लागि नयाँ मापदण्डसहित ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार गरेको छ ।
जसमा सार्वजनिक निष्कासन गर्न चाहने संगठित संस्थाले आफ्नो मुख्य उद्देश्य प्राप्तिमा प्रयोग भएका सम्पत्तिका आधारमा व्यवसाय सञ्चालन गरी पछिल्लो तीन वर्षको लेखापरीक्षण सम्पन्न वित्तीय विवरण र वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हुनुपर्ने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)