रेमिट्यान्समा रुझेका सपना
annapurnapost.com · Fri Sep 18 07:14:04 GMT 2026

दुर्भाग्य, हामीले रेमिट्यान्सको तथ्यांक राख्यौं, तर विदेशबाट फर्किएको सीपको राष्ट्रिय हिसाब राखेनौं।
नेपाली समाजमा वैदेशिक रोजगारको विषय उठ्दै गर्दा एउटा लोकप्रिय तर अव्यावहारिक र अधुरो तर्क सुनिन्छ– ‘युवालाई विदेश पठाउनु हुँदैन, स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ।’ आफ्नो देशमै रोजगारी सिर्जना गर्नुपर्छ भन्ने विषयमा कुनै विवाद छैन। हरेक नेपालीले आफ्नै देशमा सम्मानजनक रोजगारी, उचित आम्दानी र सुरक्षित भविष्य पाउनुपर्छ, यो राज्यको लक्ष्य हुनुपर्छ। तर प्रश्न यो हो कि– के आज नेपालले आफ्ना सबै युवालाई उनीहरूको क्षमता, योग्यता र आकांक्षाअनुसार पर्याप्त रोजगारी दिन सकेको छ ? यदि सकेको छैन भने ‘विदेश जानु हुँदैन’ भनेर युवाको बाटो रोक्नु समाधान नभएर समस्या हो जस्तो लाग्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)