आज राति १२ बजेसम्म २ करोड ७ लाख मतपत्र छापिने
reportersnepal.com · Wed May 04 17:04:05 GMT 2022
काठमाडौं, २१ बैशाख । स्थानीय तहको निर्वाचनका लागि आज (बुधबार) राति १२ बजेसम्म २ करोड ७ लाख मतपत्र छपाइको काम सकिने भएको छ । लक्ष्यअनुसारको मतपत्र छपाइ सकिएर निर्वाचन आयोगलाई बुझाइएको छ । आजसम्म सबै मतपत्र छपाई सकिने भनिएको थियो । तर, स्वतन्त्र उम्मेद्धवारहरु बढेको कारण मतपत्र छपाईमा केही ढिलाई भएको जनाएको छ ।
आयोगको एक पदाधिकारी अनुसार लक्ष्यअनुसारको मतपत्र छपाई कार्य सम्पन्न गरी केही पालिकाको पुनः छाप्नुपर्ने मतपत्रको छपाई कार्य भइरहेको छ । पुनः छपाई भइरहेको मतपत्र पनि अब केही दिनमा सम्पन्न हुने जनाईएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)