फास्टट्र्याकको एकतिहाई काम सम्पन्न
farakdhar.com · Tue May 07 17:29:07 UTC 2024

काठमाडौं-तराई-मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको प्रगति विवरण सार्वजनिक गरेको हो । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित सेनाले सो जानकारी गराएको हो ।
कार्य प्रगति विवरण सार्वजनिक गर्दै आयोजना प्रमुख विकास पोखरेलले हालसम्मको समष्टिगत भौतिक प्रगति ३३.२० प्रतिशत रहेको र समष्टीगत वित्तीय प्रगति ३३.७१ प्रतिशत रहेको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)