मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुटवल गोरुसिंगे सडक विस्तार अलपत्र

hamrakura.com · Tue Jun 02 00:00:00 GMT 2026

लुम्बिनी । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तारको काम निर्माण सामग्री माटोको चरम अभावका कारण संकटमा परेको पाइएको छ । जसले सडक निर्माणका लागि माटो फिलिङ गर्नुपर्ने मुख्य चुनौती खेप्नु परेको छ । परियोजनाको डीपीआरमा उल्लेखित सहजता कार्यान्वयनमा नआउँदा १० किलोमिटर कालोपत्रे गर्ने लक्ष्यसमेत असफल बन्न पुगेको छ ।

आवश्यक माटोको परिपूर्तिका लागि सैनामैना नगरपालिका वडा नं १, ९ र ११ तथा गैडहवा गाउँपालिका वडा नं ६ बाट माटो उत्खनन गर्ने प्रक्रिया अघि बढाएर यसका लागि सम्पूर्ण वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य सम्पन्न गरी पाँच करोड चालीस लाख रुपैयाँ राजस्वसमेत सम्बन्धित स्थानीय तहलाई बुझाइसकेको आयोजनाले बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)

सम्बन्धित विषय