कोशी टप्पुमा तीन महिनापछि माछा मार्न खुला
gorkhapatraonline.com · Fri Sep 18 07:36:07 GMT 2026

सुनसरी, सप्तरी र उदयपुरमा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षले कोशी क्षेत्रमा नौ महिनाका लागि माछा मार्ने अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको छ । असार, साउन र भदौ गरी तीन महिना पूर्ण रूपमा माछा मार्न बन्द गरिएको थियो ।
यस अवधिमा कोशीमा बाढी आउने र माछाको प्रजनन समय (ब्रिडिङ सिजन) मानिने भएकाले नदी तथा सीमसार क्षेत्रमा माछा मार्न आरक्ष प्रशासनले पूर्ण रूपमा रोक लगाउँदै आएको छ । उक्त रोक हटेसँगै वर्षौँदेखि कोशीको जलचरमै आश्रित स्थानीय समुदाय पुनः आफ्नो परम्परागत पेशामा फर्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)