अफगानिस्तानलाई १२७ रनले हराउँदै तीन खेलको सिरिजमा भारतको क्लिन स्वीप
nepalpress.com · Fri Sep 18 07:35:42 GMT 2026
काठमाडौं । भारतले अफगानिस्तानलाई तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा १२७ रनको फराकिलो अन्तरले पराजित गर्दै तीन खेलको सिरिज ३–० ले क्लिन स्वीप गरेको छ।
बिहीबार दिल्लीस्थित अरुण जेटली स्टेडियममा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २२१ रन बनाएको थियो। जवाफी ब्याटिङमा अफगानिस्तान १४.१ ओभरमा ९४ रनमै अलआउट भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)